झापामा सोह्र खानेपानी आयोजना थपिने
मेचीनगर अनलाइन
|
Thursday, November 11, 2010
|
0 comments
झापा, यसै वर्षबाट झापामा १६ वटा खानेपानी आयोजना थपिने भएका छन् । जिल्ला विकास समितिले जिल्लाका विभिन्न स्थानमा ती खानेपानी आयोजना निर्माण सुरु गरेको छ । तोपगाछीको कमलझोडा, महारानीझोडा, गौरादह, सतासीधाम, जुरोपानी, ग्वालडुब्बा, गौरीगन्ज, डांँगीबारी र जलथलमा मझौला खानेपानी आयोजना निर्माण भइरहेको जिविसले जनाएको छ । त्यस्तै दुर्गापुर, बनियानी, गोल्धापको कोलाटोली, गरामनी, चन्द्रगढी दोस्रो, काँकडभिट्टा दोस्रो र भालुखोप खानेपानी आयोजना पनि केही वर्ष अघिदेखि निर्माण गर्न थालिएका छन् । ती आयोजनाका लागि जिविसले प्रति आयोजना बढीमा ५० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएको छ । अन्य खर्च स्थानीयवासी तथा सङ्घसंस्थाले जुटाउँदै आयोजना निर्माण भइरहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख खडानन्द देवले बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed