• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

गोर्खाल्याण्ड आन्दोलनको नयाँ कार्यक्रम

काँडभिट्टा – गोर्खा जनमुक्ति मोर्चाल तत्काल अन्तरिम व्यवस्था लागु गर्न दवाव दिने उद्देश्यले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । गोर्खाल्याण्डको मुख्य माग छाडेपछि मोर्चा अन्तरिम व्यवस्था भएपनि लागु गर्ने तरखरमा लागेको छ ।
मोर्चाका सहसचिव विनय तामाङका अनुसार अक्टोवर १४ देखि २१ तरिखसम्म आन्दोलन दार्जिलिङ, सिलिगुडीका साथै तराई र डुर्समा केन्द्रीत गरिने छ । विभिन्न स्थानमा धर्ना, जुलुस, भोक हड्ताललगायत आन्दोलन गरिने छ । त्यसका लागि दार्जिलिङ, कस्र्याङ, सोनादा, सौरेनी, कालिम्पोङ, सुकुना, पानीघट्टा, विजनवारीलगायतका पहाड र कालचिनी, वीरपाडा, जयगाउलगायतका डुवर्स क्ष्ँेत्रमा मोर्चाले कार्यकर्तालाई निर्देशन दिइसकेको  छ ।
मोर्चाले तराई  र डुवर्सलाई समेटेर आगामी डिसेम्वरभित्रमा अन्तरिम व्यवस्थामा लागु गर्न माग गरेको छ ।

तर, राज्य र केन्द्र सरकारले तराई डुवर्सलाई अन्तरिम व्यवस्थामा समेट्न नसकिने प्रष्ट पार्दै आएका छन् ।
मोर्चाले राज्य र केन्द्रसंग आज दिल्लीमा पहिलो राजनीतिक स्तरको त्रिपक्ष्ँिय वार्ता हुने जनाउदै आएपनि सीमानाका विषयको विवाद साम्ये हुन नसक्दा वार्ताको मिति सरेको छ । अर्को मिति तय भइसकेको छैन । ‘सीमाना विवाद नसुल्झिकन अर्को मिति तोकिने सम्भावना देखिदैन’, मोर्चाका एक नेताले जानकराी दिए । सरकारका गृहमन्त्री पी चिदम्वरमले हालै मोर्चाका अध्यक्ष्ँ विमल गुरुङसहितका नेताहरुसंगको भेटमा वंगालको विधानसभा चुनाव अघि नै अन्तरिम व्यवस्था लागु गर्ने आश्वासन दिएका थिए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply