• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

काँकडभिट्टा बासिको आग्रह अर्थमन्त्रीलाई

काँकडभिट्टा– झापाका उद्योगी व्यवसायीले ‘विशेष आर्थिक क्षेत्र’ कार्यान्वयन गर्न कामचलाउ अर्थ मन्त्री सुरेन्द्र पाण्डेलाई आग्रह गरेका छन् । शनिवार यहाँ आयोजित एक कार्यक्रममा झापाका व्यवसायी एवम
दलका नेताहरुले तत्कालीन अर्थमन्त्री वावुराम भट्टराईले घोषणा गरेको विशेष आर्थिक क्षेत्रलाई घोषणामै सिमित नगर्न आव्हान गरे । भट्टराईको कार्यकालमा विशेष आर्थिक क्षेत्रका लागि झापाको लखनपुरको करिव ३ सय विघा जमीन छुट्याइएको थियो । तर, कार्यान्वयनमा आएको ढिलाईका कारण लामो समयदेखि यो अलपत्र छ । शुक्रवार राति झापा आइपुगेका अर्थमन्त्री पाण्डेलाई व्यवसायीहरुले एकै स्वरमा भने,‘विशेष आर्थिक क्षेत्र घोषणाकार्यक्रम कहा पुग्यो मन्त्रीज्यु ? व्यवसायीहरुले मेची भन्सारको खस्कदो राजश्व असुलीप्रति समेत गम्भीर वन्न मन्त्रीलाई आग्रह गरेका थिए । मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशवराज पाण्डेले मन्त्रीलाई आग्रह
गर्दै भने,‘समयमा चासो नदिए पुर्वको व्यापार  व्यवसाय ठप्प पनिहुन सक्छ ।’ उनले केही समययता भन्सारको आर्थिक अवस्था नाजुक वन्दै गएको बताएका थिए ।व्यवसायीहरुले नेपाली कृषिजन्य उत्पादनको भारत तथा वंगलादेशमा प्रशस्त सम्भावना रहेको बताउदै झापामा एउटा तरकारी मन्डी स्थापना गरिनु पर्ने कुरामा जोड दिएका थिए । यो नाका भएर वर्षेनी हजारौ टन हरियो तरकारी भारत तथा वंगलादेश निर्यात हुदै आएको छ । विगतमा पुर्वको ‘हङकङ मार्केट’कोरुपमा परिचित धुलावारी वजार दिनप्रतिदिन खस्कदै गएको भन्दैव्यवसायीले मन्त्रीसमक्ष्ँ चिन्ता व्यक्त गरेका थिए । मन्त्री पाण्डेले व्यवसायीको गुनासो सुनेपछि सवै समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका थिए । उनले भारत, भुटान र वंगलादेश संगको व्यापार वृद्धिका लागि सरकारले विशेष पहल गर्ने जनाएका थिए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply