एम्वुलेन्स स्थानीयबासीको कब्जामा
मेचीनगर अनलाइन
|
Saturday, November 13, 2010
|
0 comments
काँकडभिट्टा – तोकिएको भन्दा बढी भाडा असुल्ने एक एम्वुलेन्सलाई झापाको धुलावारीका स्थानीयवासीले तीन दिनदेखि कव्जामा लिएका छन् ।
टंकनाथ सेवा समाज विर्तामोडको मे १ च ६०६ नम्वरको एम्वुलेन्सलाई गत बिहिबारदेखि स्थानीयले कव्जामा लिएका हुन् । उक्त एम्वुलेन्स झापाको धुलावारीस्थित आम्दा मेची अस्पतालमा संचालित छ ।
झापासंग सीमा जोडिएको इलामको शलकपुरका एक विरामीलाई झापाको धुलावारी पुर्याउदा एम्वुलेन्सले ४ हजार भाडा असुलेको पीडितको भनाई छ शलकपुरदेखि धुलावारीसम्मको वास्तविक भाडा १५ सय मात्रै हो । पीडित
पर्शुराम तामाङका अनुसार पहिला ४ हजार ५ सय रुपैया“ मागेको र घटाउने क्रममा ४ हजार दिइएको थियो ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed