• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सीमास्तम्भ हराउने क्रम रोकिएन

 विराटनगर, मंसिर १९ - सीमास्तम्भ तथा दसगजा क्षेत्रको जमिन संरक्षण गर्ने र भोगचलन नगरी खाली छाड्ने अन्तर्राष्ट्रिय प्रचलनविरुद्ध विभिन्न बहानामा भारतीय अतिक्रमण रोकिएको छैन ।
पूर्व क्षेत्रमा भारतसँग सीमा जोडिएका ठाउँमा सीमास्तम्भ हराउँदा र दसगजा अतिक्रमण हुँदासमेत नेपाली अधिकारीहरूले कुनै चासो देखाएका छैनन् । पूर्वाञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी र सिरहामा रहेका १ हजार ४ सय सीमास्तम्भमा २ सय ३६ वटा हराइसकेका छन् भने ३ सय ६९ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् ।

सीमास्तम्भको मर्मतसम्भार र हराएका स्तम्भको ठाउँमा नयाँ गाड्दा भारतीय पक्षको मिलेमतोमा नेपाली सर्भे टोलीले नेपालतर्फ सीमास्तम्भ गाड्ने गरेको सीमा क्षेत्रका नेपालीहरू बताउँछन् । त्यसरी गाडिएका स्तम्भसमेत इस्टिमेटअनुसारको आकारमा नगाडी जसले जतिबेला पनि उखेलेर सार्न मिल्ने खालका साना स्तम्भ गाड्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीय प्रशासनका साथै सशस्त्र प्रहरीका २२ वटा इकाईका झन्डै दुई हजार जनाले सीमा क्षेत्रको सुरक्षा र अनुगमन गर्दै आए पनि स्तम्भ हराउने क्रम नरोकिएको हो । झापामा तीन बिघा १० कठ्ठा, सुनसरीमा दुई बिघा १३ कठ्ठा, सप्तरीमा तीन बिघा १० कठ्ठा र सिरहामा आठ बिघा आठ कठ्ठा गरी १८ बिघा एक कठ्ठा दसगजा क्षेत्र अतिक्रमण गरी भारतीयले घर टहरा बनाएर बसेका छन् । पूर्वाञ्चलमा चीनसँग १ सय ५ किलोमिटर र भारतसँग ५ सय २ किलोमिटर सीमा जोडिएको छ ।
चीनसँग सीमा समस्या नभए पनि भारतसँग सीमा समस्या जटिल बन्दै गएको छ । सीमास्तम्भ मर्मत गर्ने र हराएको ठाउँमा पुनः गाड्ने तथा सीमा क्षेत्र व्यवस्थित गर्ने कुरा पटकपटक उठे पनि त्यसको समाधानको उपाय भने खोजिएको छैन ।
 यसैबीच भारतको दार्जिलिङ र मेचीका सुरक्षा प्रमुखहरूबीचको शुक्रबार इलाम सदरमुकाममा सम्पन्न बैठकले सीमा अतिक्रमण र सीमा क्षेत्रमा आपराधिक घटना नियन्त्रण गर्ने सहमति भएको
छ । बैठकमा तस्करी नियन्त्रण तथा अवैध हातहतियारको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने विषयमा पनि सहमति भएको छ ।
दार्जिलिङका जिल्ला प्रशासक मोहन गान्धी र झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठलगायत सहभागी बैठकमा सीमा क्षेत्रका एक स्थानमा अपराध गरी अर्को स्थानमा आश्रय लिने क्रियाकलाप, नक्कली नोटको कारोबार नियन्त्रण र लागू औषधको ओसारपसार, मानव बेचबिखनको नियन्त्रण गर्ने सम्बन्धमा दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
बैठकमा दसगजा क्षेत्र अतिक्रमण गरी भएको बढ्दो आवादी, भारतीय सीमा सुरक्षा बलको क्याम्प र सीमा अतिक्रमण जस्ता विषयमा गम्भीर छलफल भएको थियो । पूर्वी सीमा क्षेत्र मेचीदेखि फालुटसम्मका विवादित क्षेत्रको विषयमा पनि कुरा उठेको थियो ।
सरकारी निकायको अध्ययनअनुसार इलामको सीमावर्ती क्षेत्रमा एक सय नौवटा सीमास्तम्भ हुनुपर्नेमा एक सय तीन वटामात्र पाइएका थिए । सीमावर्ती छब्बीसे, गुफापातल, हिले, पशुपतिनगर, पुलबजार, मानेभन्ज्याङ, कालपोखरी, सन्दकपुरलगायत क्षेत्रमा पटकपटक सीमा समस्या निस्कने गरेको छ । बैठकमा यी समस्याग्रस्त क्षेत्रबार कुरा उठे पनि समाधानका लागि केन्द्रस्तरले नै पहल अघि बढाउनुपर्ने ठहर भएको छ ।
 Source :- Ekantipur

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply