• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नारायण गोपालको २० औं स्मृति दिवस मनाइँदै


१९ मंसिर, काठमाडौं । स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको २० औं स्मृति दिवस आइतबार मनाइँदैछ । नारायण गोपालको सम्झनामा आज नारायण गोपाल संगीत कोषलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
बुवा आशागोपाल गुरुवाचार्य र आमा रामदेवीको कोखबाट १९९६ असार १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपालका करिब पाँच सय गीत रेकर्ड भएका छन् । शास्त्रीय, आधुनिक, चलचित्र, स्वदेशगानमा स्वर र संगीत दिएका नारायण गोपालका सबैजसो गीत कालजयी छन् ।

उहाँले २०२३ सालमा सर्बोत्तम संगीतकार, २०२४ सालमा सर्बोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरुस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरुस्कार पाउनु भएको छ । उहाँलाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरुस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
बागीना नामक पहिलो संगीत पत्रिकाका सम्पादकसमेत रहेका नारायण गोपाल साँस्कृतिक संस्थानका महाप्रबन्धक तथा सन्चार मन्त्रालयका सल्लाहकार पनि हुनुहुन्थ्यो ।
नारायण गोपालले ‘कान्छी मस्याङ’ नामक गिती नाटक पनि लेख्नु भएको छ । नेपाली संगीत क्षेत्रका धरोहर नारायण गोपालको पेमला लामासँग २०२७ सालमा प्रेम ववाह भएको थियो । भने २०४७ साल मंसिर १९ गते आजकै दिन उहाँको स्वर्गारोहण भएको थियो ।
Source :- Onlinekhabar

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply