• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विश्व वैंकद्वारा मेचीनगरलाई ४२ करोड

  • काँकडभिट्टामा ६ लेनको सडक
  • इट्टाभट्टामा नयाँ सहर बसाइने
  • धुलाबारीमा कृषि मण्डी र पार्क 
  • सडक पेटीमा वृक्षारोपण 
  • पूर्वीद्वारामा पर्यटक लोभ्याइने 

झापाको कान्छो नगरपालिका मेचीनगरको दीगो विकास र सहरी व्यवस्थापनका लागि विश्व बैंकले लगभग ४२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 
नगरको पूर्वाधार विकास, मर्मत सुधार, सहरी सुविधा वृद्धि र पर्यटकीय आर्कषणका निम्ति विश्व बैंकले ठूलो मात्रामा लगानी गर्ने भएपछि हाल योजना छनौटको प्रक्रिया चलिरहेको मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले जानकारी दिए । 
धुलाबारी र काँकरभिट्टा गाउँ विकास समितिलाई जोडेर २०५२ सालमा छुट्टै नगरपालिका बनेपछि विदेशी दातृ निकायले ठूलो मात्रामा सहयोग प्रदान गर्न लागेको यो पहिलो अवसर हो । नगर अधिकृत राईले मेचीनगरलाई ५८ लाख अमेरिकी डलर अर्थात लगभग ४२ करोड रुपैयाँ सहयोग प्रदान गर्ने निश्चित छ भैसकेको बताए । 
मेचीनगर नगरपालिका कार्यालय
विश्व वैंकले नेपाललाई सुन्दर, पूर्वाधारयुक्त र सुविधासम्पन्न सहरको रुपमा विकसित गर्न के कस्ता योजना ल्याउनु पर्छ भनी नगरपालिका र स्थानीयवासीसँग सुझाव माग्दै विभिन्न चरणमा छलफल गरिसकेको छ । स्थानिय राजनीतिक दल, सामाजिक संघ संस्था र सरोकारवाला विभिन्न निकायले विश्व बैंकलाई विकास योजनाको संभाव्यताबारे जानकारी गराइसकेका छन् भने राम्रा योजनाको छनौटमा नगरपालिकाले सक्रियता निकै बढाएको पाइएको छ । यसै सुझाव पेश गर्ने क्रममा मेचीनगर अनलाईनको सहयोगमाMechinagar Vision 2030 पेश गरिएको थियो। यो भिजन विस्तृत जान्न यहाँ क्लिक गर्नुहोला

उक्त योजनालाई मेचीनगरको काँकरभिट्टा, इटाभट्टा र धुलाबारी गरेर तीन क्षेत्रमा विकेन्द्रित गरिने भएको छ । काँकरभिट्टाको पूर्वी प्रवेशद्वारलाई आकर्षक र राष्ट्रिय पहिचानयुक्त बनाउन मेची पुलदेखि प्यारीभिट्टासम्म लोकमार्गलाई ६ लेनको फराकिलो बनाउने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्ने र सडक पेटी हरियाली युक्त बनाउने योजना प्रस्तावित गरिएको बताइन्छ । त्यसैगरी, इटाभट्टा क्षेत्रमा जग्गा विकास गरी आधुनिक सुविधायुक्त नयाँ सहर बसाउने र उत्तर–दक्षिण सडकलाई ४ लेनको बनाउने योजना प्रस्ताव गरिएको छ । 
धुलाबारीको पनि उत्तर–दक्षिण सडकलाई स्तरवृद्धि गर्ने, मागुमाडी र थोप्लेविरान सामुदायिक वनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, मनोरञ्जन पार्क र चिडिया घर बनाउने र आयआर्जनका निम्ति कृषि मण्डी बनाउने प्रस्ताव गरिएको छ । 
विश्व बैंकले प्रस्तावहरुको अध्ययन र संभाव्यता हेरेर योजनाको अन्तिम छनौट गरेपछि योजना कार्यान्वयन शुरु गरिने भएको छ। यही जनवरीदेखि योजना कार्यान्वयन थालिने सक्ने अधिकृत राईले बताए । 
समाचार स्रोत :– झापाको पूर्वीद्वाराबाट प्रकाशित हुने जनसंसद दैनिक 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply