• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

काँचुली फेर्दैछ मेचीनगर



By:- प्रकाश पौडेल 
झापाका तीनवटा नगरपालिका मध्धे कान्छो अनि विकासे दृष्ट्रिकोणमा निकै पछाडी परेको मेचीनगरालाई नमुना सहरको रुपमा स्थापित गराउनको लागि विश्व वैंक लगानी गर्ने भएपछि स्थानिय वासिन्दा हर्षित छन् । नगरक्षेत्र भएपनि आफ्नो ठाउँलाई शहरको रुपान्तरणमा देख्न नपाएका मेचीनगरवासीले अब चाँहि केही परिष्कृत रुपमा देख्न पाउने भएका छन् । आप्mनै जिल्लामा रहेको अर्को नगरपालिका देशकै उत्कृष्ट नगर बन्दा  समेत मेचीनगर भने ग्रामिण परिवेशबाट माथि उठ्न सकेको देखिदैन । यस नगरभित्र ७० प्रतिशत भन्दा बढी भूभाग ग्रामिण परिवेशमा समेटिएको छ । यहाँ अझै मट्तिेलको भरमा रात्रि जीवन विताउनुपर्ने बाध्यता छ । यहाँका आदी जनता स्वच्छ खानेपानीबाट समेत बञ्चित छन् । मेचीनगर नगरपालिका भित्रै रहेका दुई खानेपानी उपभोक्ता समितिले त्यहाँका एक तिहाई जनता समक्ष पनि स्वच्छ खानेपानी पु¥याउन सकेका छै्रनन् । सिमित व्यक्ति अनि वडा विकसित भएपनि घण्टौ हिडेर शिक्षा अनि स्वास्थ्य सुविधा लिने जनता पनि यही नगरमा छन् । न यहाँ सुविधासम्पन्न स्वास्थ्य केन्द्र नै न त शिक्षा दिक्षाको ठाउँ नै । जसको कारण मेचीनगर सँधै पछाडी परेको देखिन्छ । नजिकैको गा.वि.स अनारमनी जुन पूर्वकै नमूना शहर तथा प्रमुख व्यापारिक केन्द्रमा रुपान्तरित भैसक्दा पनि मासिक करौडौ राजश्व उठाउने मेचीनगर सँधै पछाडी पर्दा त्यहाँका बासिन्दालाई आफू नगरक्षेत्रमा बसेको अनारमनीले गिज्याईरहेको भान हुन्छ । 
मेचीनगरमा धार्मिक तथा पर्यटकीय क्षेत्र भने नभएका भने होइनन् पातालगंगा जुन मेचीनगर मात्रै होईन नेपालकै चर्चित धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । तर उचित संरक्षणको अभावमा यसको अस्तित्व धरासायी बन्दै गएको छ । पर्यटन वर्ष २०११ सुरु हुन केही समय मात्त बाँकि रहँदा समेत नगरपालिकाले यसको संरक्षणमा कुनै चासो देखाएको देखिदैन । असुरक्षाको कारण पूर्वको हङ्गकङ्ग बजार भनेर चिनिने धुलाबारी पनि दिनप्रतिदिन सुनसान बन्दै गएको छ । यहाँका व्यापारिहरु विस्थापित बन्दै छिमेकी मुलुक भारत पलायन हुने क्रम जारी छ । तर नगरपालिका तथा सम्बन्धित निकाय मौन देखिन्छ । कुनै पनि व्यापारिक परियोजना तथा कार्ययोजना तय हुन नसक्दा यहाँको व्यापार पनि धराशायी बन्दै गएको छ । मेची भन्सार कार्यालयको राजश्व संकलनमा आएको गिरावटले यो कुरा छलंग पार्दछ ।

यसरी दिनप्रतिदिन आफ्नो पहिचान गुमाउँदै मेचीनगरपालिकालाई समृद्ध शहर बनाउन दातृ निकायले चासो मात्र होइन अग्रसर देखाउँदा नगरबासिहरुमा खुशियाली त अवश्य नै छाउने नै भो ! विश्व वैंकले नगरापलिकालाई ४२ करोड रुपैया लगानी गर्ने भएपछि नगर विकासका लागि कार्ययोजना समेत तय भैसकेको छ । यो खुशीको कुरा हो पहिलोपटक नगरलाई विदेशी सहयोग प्राप्त भएपछि त्यहाँको दीगो विकास र शहरी व्यवस्थापनमा नागरिक समाज, नगरपालिका कार्यालय, राजनैतिक दल, स्थानियवासी सवै जुर्मुराएर लागेका छन् । नगरको पूर्वीद्वार देखि राजमार्गको करिव ३ किलोमिटर सडक खण्ड ६ लेनको बनाईने, बत्तिमुनि रहेर पनि सँधै अध्यारो झेलिरहेको इट्टाभट्टा वरपर नयाँ शहर बसाईने, असुरक्षाका कारण सुनसान बन्दै गएको धुलाबारी बजारमा कृषि मण्डी तथा पार्क स्थापना गरिने, नगरलाई हरियाली तथा स्वच्छ बनाउन सडक पेटीमा वृक्षारोपण गरिने उत्तरी दक्षिणी सडक चार लेनको बनाईने, पर्यटकय लोभ्याउने किसिमका संरचना तय गरिने लगायतका कार्ययोजना तय भैसकेको छ । झन् नेपाल सरकारको शहरी विकास कोष स्थानिय स्रोतबाट ९ करोडको लगानीमा मेचीनगर १० काँकडभिट्टामा रहेको हालको अव्यवस्थित बसपार्कलाई सुविधासम्पन्न बस टर्मिनल बनाइने र इट्टाभट्टाको प्यारिभट्टामा सुविधासम्पन्न बसपार्क निर्माण हुने कुराले यहाँ प्रमुख समस्या समाधान हुने निश्चित छ र पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटकले नयाँ नेपालको वास्तविक स्वरुप देख्न पाउनेछन् । 
यी कार्ययोजना तोकिएको समयमा कार्यान्वयन हुन सकेमा मेचीनगर समृद्ध शहर बन्नेमा कसैको दुईमत छैन । तर सरकारी काम कहिले जाला घाम भनेझैं भयो भने फेरी मेचीबासीको हर्ष निराशमा बदलिने छ । त्यो समयमा नगरबासिले देखेका ठूला सपना र मानसपटलमा बनेको सोच चकनाचुन हुनेछ । अन्त्यमा यस्तो नहोस् कि हात्ति आयो हात्ति आयो फुस्स । 
लेखक झापाका युवा पत्रकार भनेर चिनिन्छन् भने मेचीनगर अनलाईनका सहयोगी मित्र पनि हुन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply