• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बसपार्कका लागि ९ करोड

  • काँकरभिट्टा बस टर्मिनल रु ३ करोड २३ लाख 
  • इटाभट्टा बसपार्क रु ५ करोड ६५लाख

विगतमा निकै सुस्ताएको मेचीनगरको विकासे गतिविधि एकाएक तीब्र हुन थालेको छ। दातृ संस्थाहरुबाट धमाधम लगानी भित्रिएपछि यहाँ विकासे निर्माणको लहर नै चल्न थालेको हो ।
विश्व बैंकले ४२ करोड सहयोग दिने निश्चित भए लगत्तै काँकरभिट्टा र इट्टाभट्टामा यातायातसँग सम्बन्धित दुई ठूला लगानीको विकासे परियोजनाको कार्यन्वयन शुरु भएको छ । नेपाल सरकारको ‘शहरी विकास कोष’ र स्थानीय स्रोत परिचालन गरेर मेचीनगर नगरपालिकाले काँकरभिट्टामा सुविधा सम्पन्न बस टर्मिनल र इटाभट्टाको प्यारिभिट्टामा बसपार्क निर्माण गर्ने भएको हो । 
बसपार्क र बस टर्मिनल निर्माणका लागि ८ करोड ८७ लाख ३५ हजार ५ सय रुपैयाको लगानी हुने नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राइले जानकारी दिए । 
अहिलेको अव्यवस्थित काकरभिट्टा बसपार्क
नगपालिकाले दुवै निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । निकट भविष्यमा ठेकेदारको टुंगो लगाई काम अघि बढाउने नगरपालिकाको योजना छ । काँकरभिट्टाको बस टर्मिनलका लागि नगरपालिकाले ३ करोड २२ लाख ५६ हजार ४ सय २९ रुपैँया र प्यारिभिट्टाको बसपार्कका लागि ५ करोड ६४ लाख ८१ हजार ७ सय ६२ रुपैंया बजेट छुट्याएको नगरपालिकाका इञ्जिनियर कमल कोइराला बताउँछन् । इञ्जिनियर कोइरालका अनुसार हालको काँकरभिट्टा बसपार्कको साढे १२ कठ्ठामा टर्मिनलका लागि १५ लाखको वाल, २१ लाखको ड्रेन, ३२ लाखको फुटपाथ, १ करोड २० लाखको कालोपत्रे, १३ लाखको विद्युतीय उपकरण र ५१ लाखको शो–शप निर्माण गरिने छ ।

ठेकदारसँग सम्झौता भएको १८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने र अर्को चरणको निर्माणका लागि नयँ योजनामा लगानी गर्ने नगरपालिकाले जनाएको छ । 
निर्माण सकिएपछि बस, माईक्रो तथा ट्याक्सिहरुलाई प्यारीभिट्टामा पार्किङ गराइनेछ भने काँकरभिट्टा टर्मिनलबाट यात्रु ओराल्ने र चढाउने मात्र गरिने छ । 

पुरानो भवन जोगाइने 
हालको बसपार्क क्षेत्रमा टर्मिनलको नयाँ संरचना बनाउँदा मेची बस व्यावसायी संघ र महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको लामो भवन सुरक्षित राखिने भएको छ । 
स्रोतका अनुसार बसपार्कको पश्चिमपट्टि टेम्पो र माईक्रोका लागि स्टेण्ड बनाइने छ भने दक्षिणपट्टि कार, जीप, भ्यान पार्किङस्थल निर्माण गरिनेछ । लामो र छोटो दुरिका गाडीको छुट्ने रुट र टिकट काउन्टर अलग अलग राखिने छ । 
पश्चिमपट्टि क्यान्टिन, ट्वाइलेट आदिका ब्लक रहेनछन् । उत्तर–पश्चिम लाइनमा ७५ मिटरसम्मका घरटहरा जोगाइने तर पूर्वी उत्तरी लाइनका ८० मिटरसम्मका कुनै पनि अतिक्रमित सरचना भत्काएर शो–शप निर्माण गरिने भएको छ । 
समाचार स्रोत :– झापाको पूर्वीद्वाराबाट प्रकाशित हुने जनसंसद दैनिक 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply