• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

क्रिकेट उपाधी मोरङको पोल्टामा

काँकडभिट्टा – झापा जिल्ला क्रिकेट सघ र मेची क्रिकेट एकाडेमीको संयुक्त आयोजनामा संचालित वाईवाई युथ १९ क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । सप्तरीलाई १ सय ४५ रनको भारी अन्तरले पराजित गर्दै मोरङले जित हासिल गरेको हो ।  
काँकडभिट्टा माविको मैदानमा टस जितेर व्याटिङ गरेको मोरङले निर्धारित ३० ओभरमा सवै विकेट गुमाउदै २ सय ५२ रनको चुनौति सप्तरीसामु खडा गरेको थियो । प्रतियोगिताका म्यान अफ दि म्याच घोषित अमन थापाको सर्वाधिक ९८ रन महत्वपुर्ण सावित भयो । रिमेश रेग्मीले  पनि ६४ रन वनाउन सफल भए । सप्तरीको वलिङ प्रदर्शनमा देखिएको खरावीको फाइदा मोरङले उठाएको थियो । यद्यपि प्रतियोगिता अवधिभर उत्कृष्ठ वलर वनेका धीरज दास, रोहित सिंह र दिग्विजय सिंहले २/२ विकेट झारेका थिए । 
प्रत्युत्तरमा मैदान ओर्लिएको सप्तरी सस्तोमै समेटिन पुग्यो । २५ ओभरमै अल आउट भएको सप्तरी १ सय ७ रनमा खुम्चिन वाध्य भयो । धीरज दासले २१  र अमल दासले १७  रन जोड्नुवाहेक अन्यले दोहोरो अंक वनाउन सकेनन । जसको वाधक मोरङका वलरहरु अस्लम अख्तर, हरि चौलागाई र निर्जल क्ष्ँेत्री वनेका थिए  । तीनै खेलाडीले ह्याट्रिक पुरा गरेका थिए ।

पराजित टोलीको प्रशिक्ष्ँकको रुपमा आएका राष्ट्रिय खेलाडी मेहवुव आलमले खेलको सुरुआतदेखिको दवावका कारण टोली हार स्वीकार्न वाध्य भएको बताए । उनले भने,‘टोली थाकेको पनि थियो, त्यसमाथि शुरुआतमै प्रेसर सहन वाध्य भए ।’ 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुनसरीका महिम श्रेष्ठ घोषित भए । उनले आइतवार मोरङविरुद्धको सेमिफाइनलमा एकै वलमा लगालग ४ छक्काको योगदान दिएका थिए । 
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट संधका केन्द्रीय सदस्य छत्र अधिकारीले उपाधि हस्तान्तरण गरेका थिए । शुक्रवार देखि जारी प्रतियोगितामा झापासहित ६ टोलीले भाग लिएका थिए । इलामले पहिलोपटक प्रतिस्पर्धामा सहभागिता जनाएको मेची क्रिकेट एकाडेमीका मनोज कटुवालले जानकारी दिए ।


Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply