बोक्सीको आरोप लगाउने कथित कालिमाता प्रहरीद्धारा गिरफ्तार
मेचीनगर अनलाइन
|
Monday, December 6, 2010
|
0 comments
झापा । मंसिर २०
स्थानिय एक महिलालाई बोक्सीको आरोप लगाउने तथा विभिन्न मानिसहरुलाई कालिमाताको नाममा मानसिक र शारिरीक यातना दिने चारपाने गाविस ३ की ३० बर्षीया जमुना राजवंशी र ऊनका अन्य सहयोगीहरुलाई ०६७ मंसिर २० गते दिउँसो प्रहरीले गिरफ्तार गरेकोछ ।
उनलाई आज दिउँसो चारपाने गाविसको कार्यालयमा भएको स्थानिय समाजसेवी , राजनैतिक दल , महिला र सर्वसाधारणको भेलाले प्रहरीलाई गिरफ्तार गरि कारबाही गर्न अनुरोध गरेपछि ईलाका प्रहरी कार्यालय बिर्तामोड र सशस्त्र प्रहरी वेस क्याम्प शनिश्चरेको टोलिले गिरफ्तार गरेको हो । गिरफ्तारीमा पर्ने उनका अन्य सहयोगीहरुमा सोही स्थानकी ३२ बर्षीया दिलमायाँ राजवंशी ,३० बर्षीया श्रेष्ता राजवंशी ,१६ बर्षीया गिता राजवंशी तथा ६२ बर्षीय विरेन राजवंशी र अमिनलाल राजवंशीरहेकाछन् । प्रहर्रीले गिरफ्तारी गर्नेक्रममा उनका सहयोगीहरुले प्रहरीमाथि हातपात गरेको इन्स्पेक्टर सुरेन्द्र सिटौलाले वताएकाछन् ।
स्थानिय जानकी इँटाभट्टामा मजदुरको रुपमा काम गर्दै आएकी ऊनले आफ्नो शरीरमा माता आएको भनि ०६७ कात्तिक २८ गते सोही स्थानकी समाजसेवी महिला इश्वरी चौधरीलाई बोक्सी होस् भनि आरोप लगाउनुका साथै कुटपीट गरेकी थिई ऊनका भतmहरु वताउने स्थानिय अन्य मानिसहरुले पनि पीडीत चौधरीलाई माताले बोक्सी भनेकोले बोक्सी नै हो भनि कुटपीट गरि घाईते बनाएका थिए । उतm घट्ना भएको एक साता पछि स्थानिय समाज र माताले भने बमोजिम पीडीत चौधरी परिवारले मातालाई एक तोला सुन चढाएको थिए । चौधरी परिवार माता र उनका भतmहरुले दिएको मानसिक र शारिरीक यातनाको कारण हाल विस्थापीत भई विरगजंमा बस्दै आएकोछ ।
केहि दिन पछि उनले काम गर्ने भट्टाका मालिक जग्गनाथ खनाललाई माताले आफ्नो मन्दिर बनाउन र नबनाईदिए ७ दिन भित्रमा मर्छस भनि खनाल परिवारलाई मानसिक यातना दिएकी थिईन् । माताले दिएको एक साता वितेपछि खनालकी पत्नि हेमलताले ३ दिन अघि गाविस कार्यालय चारपानेमा माता विरुद्ध उजुरी दिएपछि गाविस कार्यालय पीडक ,पीडीत स्थानिय राजनैतिक दल , समाजसेवी , मानवअधिकारकर्मी लगायतलाई छलफलमा निमन्त्रणा गरेको थियो । हजारौको संख्यामा भेला भएका स्थानिय महिला , राजनैतिक दलका प्रतिनिधी , सर्वसाधारणले निर्धारित समयमा माता नआएपछि प्रहरीलाई अनुरोध गरि गिरफ्तार गर्न लगाएका थिए । माता विरुद्ध बोक्सीको आरोप लागेकी महिलाका पति तेजनारायण चौधरी , भट्टा मालिक जग्गनाथ र स्थानिय समाजसेवी प्रेम सिटौला , देवी गिरी , रामलाल उप्रेती उप्रेती लगायतले छुट्टा छुट्टै कारबाही गरिपाउँ भनि निवेदन दिएकाछन् । हाल उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेकोछ । उनीहरु सबैलाई कानूनी कारबाही हुने इन्स्पेक्टर सिटौलाले वताएकाछन् ।
यता माताले भने आफ्नो शरीरमा माता आएर विभिन्न कुराहरु वकाउने हुँदा आँफुलाई अरु बेलामा थाह नहुने वताएकीछिन् ।
मातालाई गिरफ्तार गरिसकेपछि तराई टाईगर्स हुँ भन्ने एक ब्यातmीले मोवाईल मार्फत फोन गरि जानकी इटाभट्टाका मालिक जग्गनाथ खनाललाई तैँले मातालाई प्रहरीद्धारा समात्न लगाईस् अब आज वेलुका सम्ममा प्रहरी हिरासतबाट मातालाई निकालिनस् भनि तेँलाई जे पनि हुन सकछ भनि एक अपरिचित मानिसले धम्की दिएको धम्की खनालले वताएकाछन् ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed