• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

धुलाबारीमा कृषि मण्डी बनाउने तयारी

  • धुलाबारी प्रहरी कार्यालय पूर्व रहेको ६ विघा जग्गा प्रयोग गर्ने । 
  • मे.न.पा २ लालपानीमा नगरपालिकाकै स्वामित्वमा रहेको ल्याण्डफिल्ड साइटको जग्गा प्रयोग गर्ने ।
  • धुलाबारी नजिक राजमार्गबाट ७ सय मिटरको दुरीमा ६ विगाहा जग्गाको पल्ट खरिद गर्ने । 

धुलाबारी २२÷ मंसिर अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेचीनगरमा कृषि मण्डी स्थापनाका लागि सहयोगको आश्वासन दिएपछि त्यसका लागि उपयुक्त जग्गाको खोजी सुरु गरिएको छ । 
मेची उद्योग वाणिज्य संघले मेचीनगर क्षेत्रमा आधुनिक सुविधासम्पन्न कृषि मण्डी स्थापनाका लागि पहल गरेको हो । हालै काँकरभिट्टा आएका बेला अर्थमन्त्री पाण्डेले ‘जग्गा खोजे भौतिक पूर्वाधार निर्माणमा बजेट दिने’ बताएपछि अहिले जग्गाको खोजि थालिएको छ । 
मण्डीमा कृषिजन्य उत्पादनको संकलन, भण्डारण र प्रशोधनका साथै अक्सन विक्री स्टल रहने छ । कुचो, अदुवा, अलैंची, सुपारी, सागसव्जी र फलफूलजस्ता बस्तुहरु त्यहाँबाट भारत र बंगलादेश समेत निर्यात गर्न सकिने छ । संघकै पहलमा आइतबार आयोजित एक भेलाले मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईको संयोजकत्वमा जग्गा खोजीका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । 
समितिका सदस्यहरुमा मेची उवासंघका अध्यक्ष केशवराज पाण्डे, लक्ष्मी उप्रेती, रविन बस्नेत, वीरबहादुर श्रेष्ठ, गणेशविक्रम नेम्वाङ र हरि प्रसाई रहेका छन् । 
समितिले केही दिनमा उपयुक्त जग्गाको पहिचान गरी कृषि मण्डीको सम्भाव्यता प्रतिवेदन तयार पार्ने समतिका संयोजक राईले बताए । 
मण्डीका लागि ५ देखि १० विघाहा क्षेत्रफलको एउटै जग्गा खोजिने भएको छ । जग्गा राजमार्गसँग जोडिएको या नजिक खोजिने बताइएको छ । जग्गाको व्यवस्था गरेपछि संघ, नगरपालिका र राजनैतिक दलको संयुक्त प्रतिनिधिमण्डल काठमाडौं जाने भएको छ । 
व्यवसायीका तर्फबाट धुलाबारीमा कृषि विकास बैंकले नेपाल चिया विकास निगमबाट लिलामीमा लिएको ६ विघाहा जग्गालाई कृषि मण्डी बनाउनुपर्ने प्रस्ताव आएको छ । धुलाबारी चोकमै रहेको कारण यातायात र अन्य सुविधाका दृष्टिले निगमले जग्गालाई उपयुक्त ठहर्याएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशवराज पाण्डे बताउँछन् । 
हाल नगरपालिकाकै स्वामित्वमा रहेको मेचीनगर–२ स्थित लालपानीस्थित ल्याण्डफिल्ड साइडको जग्गालाईपनि कृषि मण्डीका लागि सम्भाव्य स्थान मानिएको छ । स्थानीय विरोधले सेनेटरी ल्याण्डफिल्ड साइट बन्न नसकेको सो जग्गा बर्षौदेखि खाली छ । नगरपालिकाकै स्वामित्वमा भएकाले मण्डी बनाउन सजिलो हुने भए पनि राजमार्गबाट केही टाढा हुादा यातायात र सुरक्षाको चुनौती झेल्नुपर्ने व्यवसायीहरु बताउँछन् । 
तेस्रो विकल्पका रुपमा धुलाबारी नजिक राजमार्गबाट सात सय मिटरको दुरीमा ६ विघाहा जग्गाको प्लटै खरिद गर्न सकिने स्थानीय एक व्यापारिले आकर्षक प्रस्ताव गरेका छन् । उनका अनुसार ४ विगा जग्गा खरिद गर्ने भए दाताले मण्डी निर्माणका लागि २ विघा निशुल्क दान गर्ने भएका छन् ।
समाचार स्रोत :– पूर्वीद्वारबाट प्रकाशित हुने जनसंसद दैनिक 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply