• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

छोरीलाई दुःख दिएको भन्दै सम्धीले सम्धी अपहरण

लहान, मङ्सिर २५- छोरीलाई दुःख दिएको भन्दै सिरहा रोघोपुरबाट शुक्रबार राति सम्धीले सम्धी अपहरण गरेका छन्। राघोपुर ७ पुगी असर्फी सरदरिया लगायतका समूहले रम्पुरा भेरिया १ निवासी सहदेव गोहिवारलाई अपहरण गरेका हुन्।

सरदरियाले आफ्नी छोरी बिहे गरेको छ वर्ष बित्दासमेत सम्धी गोहिवार र उनका परिवारले हेला गरेको, कुटपिट गरी यातना दिएको तथा घरबाट निकालिदिएको भन्दै अपहरण गरेका हुन्। केही समयअघि गाउँमा पञ्चायत बसाएर बुहारीमाथिको ज्यादति रोक्न गोहिवार परिवारलाई दबाव दिए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन। यातना दिने काम नरोकिएपछि दुवै पक्षबीच मनमुटाव अझ बढेको मिर्चैया प्रहरीले जनाएको छ।
अहिलेसम्म तराइमा भएका अपहरणका घटनाभन्दा यो भिन्नै प्रकृतिको भएको प्रहरीको बुझाइ छ। छोरीलाई यातना दिएको बदला लिन गोहिवारको अपहरण भएको सिरहा प्रहरी प्रमुख रमेश भट्टराईले बताए।
मिर्चैया प्रहरीका अनुसार अपहरणलगत्तै सरदरियाको घर खानतलास गरिएको थियो। घरबाट सबै पुरुष फरार रहेको उनले बताए। सम्धीले सम्धी अपहरण गरेपछि रातिदेखि नै सशस्त्र र नेपाल प्रहरी खोजीका लागि सक्रिय भएका छन्। अपहरितबारे कतैबाट जानकारी नआएको भट्टराईले बताए।
सरगरियाकी छोरी अहिले माइतीमा छिन्। गोहिवारको अपहरण छोरीलाई ससम्मान राख्‍ने समझौता गर्न भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घरेलु हतियारसहित आएका आठ दश जनाको समूहले अपहरण गरेको बताएको छ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply