युवतीहरु पनि दुव्र्यसनीको फन्दामा
मेचीनगर अनलाइन
|
Wednesday, December 8, 2010
|
0 comments
लक्ष्मी उप्रेती
काँकरभिट्टा, साउन
बिकसंगै केहिसाता अघि काँकरभिट्टामा भेटिएकी दीलकुमारी बर्देवा नाम परिबर्तन पनि साथीकै लहै लहैमा लागेर दुब्र्यसनमा फसेको बताउछिन । म संग अत्यन्तै मिल्ने साथी लागुऔषध बिना एकछिन पनि नहुने उनले मलाई पटक पटक खान आग्रह गरे पछि उनकै लहैलहैमा लागेर खान थाले बर्देवाले भनिन्– तर घर परिवार र अन्य ठाउँमा चाहि खुलेकी छैन । बिक र बर्देवा त झापाली महिला दुब्र्यसनीका प्रतिनिधी पात्र मात्र हुन । केन्द्रिय तथ्याङ्ग बिभागको अभिलेखमा उनीहरु जस्तै जिल्लामा एकसय पैतालीस जना महिला लागुऔषध प्रयोगकर्ता रहेको भनिए पनि जिल्लामा लागुऔषधको क्षेत्रमा लामो समयदेखि काम गर्दे आएका बिभिन्न गैरसरकारी संघ संस्था भने त्यो तथ्याङ्ग मान्न तयार छैनन् । तिनीहरुका अनुसार जिल्लामा यो संख्या अझ बढि रहेको छ ।
ती संघ संस्थाका अनुसार जिल्लामा डेढदेखि दुईसयको हाराहरीमा महिला दुब्र्यसनी रहेकाछन् । लागुऔषध प्रयोगकर्ताको उपचार र पुनः स्थापनाका लागि २०५७ सालमा स्थापना भएको हेप्पी नेपाल दमकले अहिले सम्म तीनजना महिला दुब्र्यसनीहरु लाई उपचारका लागि काठमाण्डौ पठाईसकेको छ भने अन्य तीनजनालाई संस्थामै उपचार गरिरहेको छ । संस्थाका कार्यक्रम निर्देशक प्रदिप पाठकका अनुसार यसक्षेत्रमा मात्र खुलेरै आएका महिला दुब्र्यसनीको संख्या झण्डै दुईदर्जनको हाराहरीमा छ । पाठकले भने महिला दुब्र्यसनीहरु पुरुष जस्तो खुलेरै सम्पर्कमा आउदैनन् दुइृ तीनबर्ष अघिदेखि मात्र खुलेर आउन थालेका छन् । यस्को दलदलमा फस्नेहरुमा अधिकाँश ३० देखि ३५ बर्ष उमेरका, उच्च देखि निम्न घर परिवारका, उच्च शिक्षा हासील गर्दे गरेका र कसैले बिद्यालयको अनुहार पनि नदेखेका छन । धेरैजना आफ्नै परिवारका सदस्यले सेवन गरेको देखेर त कतिले साथीभाईकै लहैलहैमा लागेर अनि धेरैले अर्थिक अबस्था कमजोर, गरिबी, अशिक्षा र घर परिवारको ब्यबस्थापनको कमजोरीको फाईदा उठाएर यस्को कुलतमा फस्ने गरेको संम्बन्धित संघ संस्थाहरुले जनाएकाछन् । पुरुष दुब्र्यसनीले झै महिलाहरुले पनि मुख र सुईबाट लागुपदार्थ प्रयोग गर्ने गरेकाछन् । पुरुषले जस्तै सामान्य लागुऔषध देखि ब्राउन सुगर समेत महिलाले लिने गरेको निर्देशक पाठकले बताए । लाईफलाईन हेल्प सेन्टरका अनुसार पुरुष दुब्र्यसनीहरुलाइृ मात्र सेन्टरमा राखेर उपचार गर्ने गरेको भए पनि महिला लागुऔषध प्रयोगकर्ता पनि कहिले काही सम्पर्कमा आउने गरेको जनाएको छ । सेन्टरका आउटरिज राजु न्यौपानेले भने –हामी पुरुष दुब्र्यसनीहरुको मात्र उपचार गछौ तर बिर्तामोडक्षेत्रमा पनि महिला लागुऔषध प्रयोगकर्ताहरुको संख्या चाहि छ । पुरुषको ठाउँमा महिलालाई राखेर उपचार गर्न समस्या भएकाले सेन्टरले महिलालाई राख्ने गरेको छैन । आर्थिक अभाव भए पछि धेरैले महिलाहरुले लागुऔषध खरिदकै लागि पनि आय आम्दमनीको श्रोत यौन ब्यबसायलाई बनाउने गरेको बताईएको छ । जस्का कारण उपचारका अभावमा महिला दुबर्यसनीहरु एचआईभि एड्सको शिकार हुने गरेकाछन् । अहिले पनि धेरै संघ संस्थाको सम्पर्कमा रहेका केहि केहि महिला दुब्र्यसनीहरु एचआईभि संक्रमित रहेको पाईएको जनाईएको छ ।
उता भापाको काँकरभिट्टामा रहेको नाईट चेस क्लबले संचालन गर्दे आएको क्षति न्युनीकरण परियोजनामा दशजना महिला दुब्र्यसनी सम्पर्कमा रहे पनि तीनजना भने खुलेरै आउने गरेको परियोजनाका सचिन प्रधानले बताए । खुलेर आउने यति छन भने भित्र भित्र सेवन गर्ने महिला दुब्र्यसनीको संख्या पनि अत्यधिक रहेको प्रधानले बताउनुभयो । पुरुषले संचालन गरेको उपचार तथा पुनः स्थापना केन्द्रमा महिलाहरु जान हिचकीच्याउने गरेकाले उनीहरु खुलेरै जादैनन् । जिल्लामा पुरुषहरुका लागि उपचारका धेरै केन्द्रहरु संचालनमा भए पनि महिला लागुपदार्थ प्रयोगकर्ताको उपचार तथा पुनः स्थापना केन्द्र भने एउटा पनि संचालन भएका छैनन् । पुर्वान्चलमा महिला दुब्र्यसनीका लागि छुट्टै उपचार गर्ने संस्था नभएका कारण अबश्यक उपचार पाउन नसकेको ती संघ संस्थाहरुले जनाएकाछन् । नेपाल अधिराजयमा राजधानी/ पोखरा लगायतका शहरमा मात्र यस्ता सेवाकेन्द्रहरु सथापना गरिएको बताईएको छ ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed