• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मेचे बस्तीमा घरैपिच्छे शौचालय

लक्ष्मी उप्रेती    मेचीनगर, मेचेबस्ती
 झापा मेचीनगर–१३ जोरसिमल स्थित मेचे बस्तीका अधिकाँश मानिसलाई खुल्ला चौर ,खेतबारी पाखा हराउदै जादा भोली शौच गर्न कहाँ जाने भन्ने चिन्ताले सताई रहन्थयो । तर अहिले घर नजीकै खुल्ला चौर र जंगल भए पनि दिशा पिसाब गर्न मानिसहरु  त्यता जादैनन् । शुरु शुरुमा बिहान राम्रो संग उज्यालो हुन नपाउदै त्यस बस्तीका स–साना केटा केटी देखि बृद्ध–बृद्धालाई समेत लोटामा पानी बोकेर घर नजीकै रहेका खुल्ला चौर, खेतबारी पाखा र जंगलमा शैचका लागि जानु पर्ने बाँध्यता थियो  । शौचालय निर्माणका लागि र्निब्यार्जी रकम पाए पछि अहिले त्यस बस्तीका सबै घर घरमा शौचालय निर्माण भएकाछन् जस्का कारण उनीहरु त्यस बाँध्यताबाट मुक्त भएका छन् ।

आदिबासी जनजाति स–शक्तिकरण परियोजना ले त्यस क्षेत्रमा  शुद्ध खानेपानी सरसफाईप्रति चेतना फैलाएपछि सबैले शौचालय बनाएका हुन । त्यस अभियानमा उस्ले करिब ३–४ लाख रुपैया लगानी गरेको मेचे अगुवाहरु बताउछन् । आदिबासी जनजातिको यो अभियान पछि गाउले सबै घर घरमा शौचालय बनाउन प्रतिबद्ध भए । तर आर्थिक अबस्था न्युन भएका अनि दैनिक ज्यालादारीमा काम गर्नेहरुले रकम जुटाएर कसरी शौचालय बनाउने चिन्तामा थिए । त्यस पछि जोरसिमल मेचे उत्थान समितीले घर घरमा शैचालय निर्माणका लागि र्निब्यार्जी रकम उपलब्ध  गराएको थियो । सार्वजनिक शौचालय बनाउदा पछि समस्या हुने भन्दै प्रत्येक घर परिवारलाई समितीले रकम उपलब्ध गराए पछि धमाधम शौचालय निर्माण हुन थाले ।  एकघर परिवारलाई शौचालय निर्माणका लागि एकबर्ष सम्मका लागि दशहजार रुपैया र्निब्यार्जी प्रदान गरेकाछौ– स्थानीय गंगप्रसाद मेचेले  भने –जे उद्येश्यले रकम दियौ उद्येश्य अनुसार सबैले घर घरमा शौचालय बनाएका छन् । रकम पाएर यतिखेर सबैका घर घरमा शौचालय निर्माण  भए पछि यो बस्तीलाई अहिले नगरकै नमुनाका रुपमा चिनाउन हामी लागि परेका छौ मेचेले थपे । 
       शौचालय निर्माणका लागि निब्यार्जी रकम पाएर त्यस बस्तीका कान्द्री मेचे, शोभा मेचे,चन्द्र मेचे मात्र होईन रकम पाउनेहरु सबैे खुशीले गद्गद् छन् । शौचालय  नहुदा ठुलो समस्या थियो उनीहरुले भने–झन बर्खामा त समस्या नै समस्या । शौचालय बनाउने हामी सबैको बाँध्यता भए पनि रकम नभएर खोला, चौर, खेतबारी जानुपर्ने बाँध्यता रहि आएको थियो उनीहरुको भनाई उदृत गर्दे मेचे अगुवा गंगाप्रसादले भने–। अब हामी सबै मिलेर यो बस्तीलाईनै खुल्ला दिशा पिसाब मुक्त क्षेत्र घोषण गर्दछौ । अहिले बर्षेनी त्यस बस्तीका मान्छेले शौचालय निर्माण गर्ने गरेकाछन् । 
शुरुमा आदिबासी जनजाति महासंघले त्यो बस्तीमा दुईवटा शौचालय निर्माणका लागि १८ हजार रुपैया प्रदान गरेको थियो । पचास घरधुरी रहेको सो बस्तीमा प्राय सबैका घर घरमा शौचालय निर्माण गरिएको मेचेले बताए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply