• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नगरपालिका संग स्वीकृतनै नलिई सडकमा ब्रेकर निर्माण

लक्ष्मी उप्रेती
   काँकरभिट्टा
नगरभित्र रहेका साईडमार्गमा ब्रेकर ढिस्को बनाउनका लागि नगरपालिका सग अनुमती लिनुपर्ने कानुनी ब्यबवस्था भएपनि मेचीनगरपालिकाका केहि साईडमार्गमा नियम बिपरित ब्रेकर ढिस्को बनाईएको छ । 
  केहि महिनायता नगर क्षेत्रभित्रका साईडमार्गमा जताभावी रुपमा बे्रकर ढिस्को बनाउँदासमेत नगरपालिकालाई थाहा नै छैन् । ती ब्रेकरले सवारी आवगमनमा समेत कठिनाई उतपन्न भएको चालकहरुको भनाई छ । नगरपालिको स्वीकृत बिनानै नगरबासीले आफुखुशी मापदण्ड बिपरित ब्रेकर बनाउदा दुघर्टना न्युनीकरण हुनुको साटो बढ्ने गरेको बताईएको छ । नगरको पुरानो गाबिस रोड, संगम पथ, गुरास पथ लगायतमा आधा दर्जन बढि ब्रेकर बनाईएको छ । 

 नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले दिएको जानकारी अनुसार नगरमा ती ब्रेकर बनाउन कसैले पनि नगरपालिकामा सर–सल्लाह गरेका छैनन् । राईले भन्नुभयो–स्पीड कम गर्न ब्रेकर बनाउने गरिएको भएपनि नगरमा बनाइएका ब्रेकरले सवारी आवगमनमा बाधा समेत पुग्ने गरेको भन्दै गुनासो आउने गरेको छ । स्कुलक्षेत्र, मानिसका अत्यधिकचाप हुने क्षेत्र लगायत सार्वजनिक स्थलमा बैज्ञानिक ढंगका ब्रेकर बनाउनआबश्यक भएपनि अहिले नगरमा जताभावी रुपमा ब्रेकर बनाउदा समस्या खडा भएको राईको भनाई छ ।  जहाँ आबश्यकता छैन त्यहा पनि ब्रेकर बनाईएको केहि नगरबासीको भनाई छ । 
   नजीक नजीकको दुरीमा बनाइृएका ती ब्रेकरले हल्का सवारी साधन चलाउन समेत समस्या भएको छ । केहि दिनमै ट्राफिक प्रहरी संग छलफल गरि ती ब्रेकरका बारेमा निर्णय गरिने अधिकृत राईले बताउनुभयो । जताभावी रुपमा सडकमा ब्रेकर बनाउदा सडक चार्ड जीर्ण हुने बताईएको छ । स्थानीयबासीलाई ब्रेकरको जानकारी भएपनि बाहिर बाट आउने सवारी चालकलाई थाहा नहुदा दुघर्टना हुने बताइृएको छ । सडक बिभागले मुख्य राजमार्गमा मात्र ध्यान दिने भएकाले आफ्नो क्षेत्र देखि बाहि।का सडकहरुमा स्थानीय निकायले नै हेर्नुपर्ने २ नमबर पुर्वाञ्चल डिभीजन सडक कार्यालयका प्रमुखहरिकुमार पोखरेलले बताउनुभयो ।  
  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply